मेक्सिकोको दक्षिणी क्षेत्र चियापासमा दुर्घटना, कम्तिमा ५३ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको दक्षिणी भागमा सडक दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ ।

दुर्घटना दक्षिण मेक्सिकोको चियापास प्रान्तमा भएको दुर्घटना एउटा ट्रेलर घुमाउरो मोडमा पल्टिदा भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त ट्रेलरमा सय जनाभन्दा धेरैजना थिए । धेरैजसो मध्ये अमेरिकी देशका प्रवासी रहेको जनाइएको छ ।

अधिकारीका अनुसार उक्त दुर्घटनामा हालसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ५८ जना गम्भीर घाइते भएको जानकारीमा उल्लेख छ ।

स्थानीय प्रशासनले घाइतेलाई नजिकैको अस्पताल पुर्‍याएका छन् । मध्य अमेरिकी देशको गरिबी र हिंसाले भरिएको माहौलबाट निस्कनका लागि प्रवासी मेक्सिकोको बाटो हुँदै अमेरिकी सीमामा पुग्ने प्रयास गर्छन ।

कहिलेकाँही उनीहरु अवैध तरिकाले चलाइँदै गरेको ट्रकमा असुरक्षित ढङ्गले पनि यसरी यात्रा गर्ने गरेको पाइएको छ ।

Back to top button