हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाउँदै आउनुभएका हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने हुनुभएको छ ।

उहाँले मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने तयारी गर्नुभएको हो । अहिले उक्त पार्टीमा आफु संयोजक रहने र नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीलाई उदृत गर्दै रातोपाटीले लेखेको छ ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका त्रिपाठीलगायतका नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लड्नुभएको थियो । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बन्नुभएको थियो भने एकजनाले प्रदेशसभामा चुनाव जित्नुभएको थियो ।

Back to top button