ए डिभिजन लिग फुटबल : आजबाट चौंथो चरणको खेल सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजबाट चौंथो चरणको खेलहरु सुरु हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलमा मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब तथा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेल मनाङ र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजेदेखि हुनेछ भने दोस्रो खेल त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच अपराह्न पौने ५ बजे सुरु हुनेछ। तीन खेलमा अपराजित रहेको मनाङले ७ अंक जोडेर लिगको तेस्रो स्थानमा छ।

आजको खेलमा मनाङ फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने योजनामा छ भने फ्रेन्ड्स ३ खेलमा २ अंक सहित तालिकाको दशौं स्थानमा छ।

यस्तै तीन खेलमा ५ अंक जोडेको आर्मी अपराजित रहँदै लिगको छैटौं स्थानमा छ। च्यासलविरुद्ध मैदान उत्रदा आर्मी स्पष्ट ३ अंकको खोजीमा हुनेछ। च्यासल तीन खेलमा ४ अंक जोडेर नवौं स्थानमा छ।

Back to top button