देउवाले पौडेललाई समर्थन गरे स्वीकार्य, नभए मेरो उमेदवारी कायमै : निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने बताउनुभएको छ ।

त्यसो हुन नसक्दा भने उहाँले सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने बताउनुभएको छ । चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले आज ललितपुरमा गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लड्नुभएका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने उहाँले तर्क गर्नुभयो ।

त्यस्तो अवस्थामा सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उहाँले बताउनुभयो ।

Back to top button