
काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको तयारी हुँदै गर्दा सुरक्षा व्यवस्था कडा पारिएको छ। बाक्लो रुपमा सुरक्षाकर्मीहरू परिचालन भएका छन् ।
महाधिवेशनस्थलमा महाधिवेशन प्रतिनिधिहरूको परिचयपत्र देखाएर मात्र प्रवेश दिइएको छ । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ। महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले केहिबेरपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।