भारत र नेपालको सम्बन्ध आत्मा र दिमागजस्तोः हर्ष वर्धन

काठमाडौं । भारतीय जनता पार्टीका नेता हर्ष वर्धनले भारत र नेपालको सम्बन्ध आत्मा र दिमागजस्तो भएको बताउनुभएको छ । ‘हाम्रो संस्कृति र हिन्दुत्व वर्षौंदेखि कायम रहदै आएको छु’ उहाँले भन्नुभयो, ‘यहाँका मान्छेलाई दुख हुँदा त्यसको बढी दुख भारतलाई हुन्छ।

भूकम्पका बेला हाम्रा प्रधानमन्त्री निकै चिन्तित हुनुहुन्थ्यो। उहाँले ६ घन्टा भित्रै सहयोग पठाउनु भएको थियो।’ कोरोना महामारीका विरुद्धमा पनि भारतले नेपाललाई प्राथमिकतामा राखेर सहयोग गरेको बताउनुभयो । यस्तै उहाँले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री आफूले कहिले नदेखेको समेत बताउनुभयो ।

भारतमा पनि यस्तो देखेको नदेखेको भन्दै उहाँले ५ पटक प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाको अध्यक्षतामा भएको कार्यक्रममा दुई पटक प्रधानमन्त्री बन्नुभएका केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्दसमेतको नाम उल्लेख गर्दै यस्तो बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री मात्र नभएर प्रमुख राजनीतिक दलका नेताहरू एकैस्थानमा भेला भएको भन्दै उहाँले कांग्रेस महाधिवेशन उद्घाटन समारोहको प्रशंशा गर्नुभएको थियो ।

यसैबिच यस्तै भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल र भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताउनुभयो ।

उहाँले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिनुभयो । सोनिया गान्धी आएको भए निकै खुशी हुनुहुन्थ्यो तर दिल्लीमा लोकसभाको चुनाव भएकोले उहाँ आउन सक्नु भएन।’ कांग्रेसको महाधिवेशनमा भारतबाट दुई नेता शुभकामना दिन सहभागी हुनुभएको छ ।

Back to top button