सत्ता गठबन्धन कायमै रहनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिँड्न खोज्दा आरालो यात्रा शुरु हुने बताउनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

‘हामी एक्लै हिँड्ने अहंकार कसैले नगरौं,’ प्रचण्डले भन्नुभएको छ, ‘हामीले राजनीतिक प्रतिष्पर्धा गरे पनि त्यहाँ भित्र एकता गर्नैपर्ने हुन्छ । जसले अहंकार देखायो, त्यसको ओरालो यात्रा शुरु भयो भन्ने नेपालको इतिहासले देखाएको छ।

’प्रचण्डले अहिले प्राप्त भएको उपलब्धी पनि गठबन्धनबाटै प्राप्त भएको भन्दै अब पनि त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । ‘अहिले हामीले जे सफलता प्राप्त गरेको भनेका छौं, त्यो गठबन्धनबाट प्राप्त भएको हो,’ प्रचण्डले भन्नुभएको छ ।

Back to top button