
काठमाडौं । दशौं महाधिवेशनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्न लागेको हो ।
एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । बैठकमा केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा प्रारम्भिक छलफल गर्ने तयारी छ ।
सचिवालय बैठक ११ बजे भएको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजेलाई सारिएको नेम्वाङले जानकारी दिनुभएको छ ।