
काठमाडौं । यू– १९ महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। आजको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्दैछ । खेल साँझ ६: ४५ बजे बंगलादेशको वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा हुनेछ ।
हरेक दुई वर्षमा हुने प्रतियोगिता गएको वर्ष नै आयोजनाको तयारी गरिए पनि कोभिड–१९ को महामारीका कारण एक वर्ष धकेलिदै यस पटक हुन लागेको हो ।
२०१८ मा भुटानमा पहिलो संस्करणको यू–१८ साफ च्याम्पियनसिप आयोजना भएको थियो। गएको वर्ष यू– १८ कै प्रतियोगिता आयोजना गर्ने भनिए पनि कोभिडका कारण एक वर्ष पछि धकेलिएपछि ती सबै खेलाडीले खेल्न पाउन भन्ने उद्देश्यका साथ यो वर्ष यू– १९ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी बन्ने नेपाली टिम मंगलबार नै बंगलादेश पुगिसकेको छ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशससँग नै खेल्नेछ । २०१८ मा भएको फाइनल खेलमा नेपाले बंगलादेशसँग हार बेहोरेपछि उपाधिबाट वञ्चित हुनुपरेको थियो ।
त्यसैले यो सिजन नेपाली टिम बंगलादेशलाई उसकै भूमिमा बदला लिने दाउमा छ भने बंगलादेश पनि उपाधि हत्याउने दाउमा छ ।