रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने हुनुभएको छ ।

संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गर्नुभएका उहाँले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गर्नुभएको थियो । तर त्यसमा सहमति नजुट्ने भएपनि आफू उम्मेदवार नहुने बताउनुभएको हो ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछी पौडेल पछि हट्नु भएको निकट सहयोगीले जानकारी दिनुभएको छ । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ।

Back to top button