कांग्रेस १४ औं महाधिवेशनः पानी ट्याङ्किलाई मतपेटिका

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हुने मतदानका लागि पानीको खाली ट्यांकीलाई मतपेटिकाका रुपमा प्रयोग गरिने भएको छ ।

राष्ट्रिय सभागृहमा हुने पार्टीको निर्वाचनमा ५०० लिटरका खाली पानीट्यांकीलाई नै मतपेटिकाको व्यवस्था मिलाइएको छ र ती मतपेटिकाहरू राष्ट्रिय सभागृहमा राखिएको छ ।

देशभरबाट महाधिवेशनका लागि आएका ४ हजार ७ सय ४३ प्रतिनिधिले मतदान गर्नेछन्। मतदाता र उम्मेदवार नै धेरै हुने भएकाले मतपेटिकाका लागि ठूलो ट्यांकीको व्यवस्था गरिएको हो। यति ठूलो संख्यामा र यति ठूलो आकारमा मतपेटिका नचाहिने भएपनि धेरै स्थानमा राख्‍नुपर्ने तथा बोकेर हिँडाइरहन कठिन हुने हुनाले धेरै मात्रामा प्रयोग गरिन लागेको अनुमान गरिएको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ। निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। भोली दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।

Back to top button