प्रकाशमान सिंहको प्यानलबाट सुजाताको उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस महाधिवेशनमा उपसभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सिंहको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसलाई नयाँ नेतृत्व आवश्यक परेको र त्यसका लागि सिंह नै उपयुक्त भएको बताउनुभयो ।

आफैं पनि सभापतिको उम्मेदवार रहेको भन्दै उहाँले भन्नुभयो, ‘तर सबैभन्दा राम्रो उम्मेदवार प्रकाशमानजी लाग्यो, त्यसैले मैले उहाँको उपसभापतिका रुपमा उम्मेदवारी दिने निर्णय गरेको छु।’

उहाँले कांग्रेस खुम्चिँदै गएको भन्दै ठूलो पार्टी बनाउनका लागि आफूहरुलाई भोट दिन अपिल समेत गर्नुभयो । पुराना अनुहार हेर्दा जनता कार्यकर्ता वाक्क भएको भन्दै उहाँले अब कांग्रेसमा नयाँ नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

Back to top button