कोइरालाको उपसभापतिमा भण्डारी र गुरुङ

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डा. शेखर कोइरालाको प्यालनबाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिने हुनुभएको छ ।

स्रोतका अनुसार कोइरालाको प्यालनबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाममा करिब सहमति बनेको छ। यस्तै अन्य पदका लागि अझै पनि नेताहरु छलफलमा जुटिरहेका छन्।

आज साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। संस्थापन पक्षबाट सभापतिमा देउवाले उम्मेदवारी दिँदैहुनुहुन्छ ।

संस्थापनइतर पक्ष भने सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएपछि कोइराला र सिंह दुबै सभापतिमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार नबन्ने बताइसक्नुभएको छ ।

Back to top button