
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंह बाजागाजासहित उम्मेदवारी दर्ता गराउनुभएको छ । सिहंले अपरान्ह ३: २० बजे सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रकाशमानको प्यानलबाट कांग्रेस नेत्री सुजाता कोइरालाले पनि आजै उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुले आजै उम्मेदवारी घोषणा गर्नुभएको थियो ।