देउवा प्यानलका पदाधिकारी यस्ता छन्

काठमाडौं । शेरबहादुर देउवाले आफ्नो प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई उठाउने हुनुभएको छ । यस्तै उनको समूहबाट महामन्त्री डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुने हुनुभएको छ ।

यस्तै देउवा पक्षबाट ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार पनि टुंगो लागेका छन् । सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा मकवानपुरकी महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा पाँचथरका भिष्मराज आङ्दाम्बे, दलितर्फको सहमहामन्त्रीमा अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, मधेशीतर्फको सहमहामन्त्रीमा धनुषाका महेन्द्र यादवको नाम टुंगो लगाउनुभएको छ ।

यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा बर्दियाका किशोरसिंह राठोर, थारु तर्फको सहमहामन्त्रीमा बाराका उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा बाराका फर्मुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा हुम्लाका जीवनबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन र गोविन्दबहादुर शाह अछामलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तै, खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

Back to top button