सभापतिमा शेखर कोइरालाको उम्मेदवारी, को को छन् पदाधिकारी ?

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा केन्द्रीय सदस्य शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको छ । आज दलबलसहित राष्ट्रियसभा गृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँका टीमका अन्य पदाधिकारीहरुले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । कोइरालाको टीममा उपासभापतिको उम्मेदवार चन्द्र भण्डारी र धनराज गुरुङ रहनुभएको छ ।

यस्तै महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजाल रहनुभएको छ भने सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र थारुबाट तेजुलाल चौधरी रहनुभएको छ ।

Back to top button