यस्तो छ काँग्रेसका विभिन्न पदमा उम्मेदवारहरुको नामावली

काठमाडौँ ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ ।

उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।

उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार हुनुुहुन्छ ।

महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा .राजाराम कार्की र प्रदीप पौडेल भिड्ने पक्का देखिएको छ ।

विभिन्न पदमा उम्मेदवारहरुको नामावली

Back to top button