राजनीतिबाट बाहिर हुने कुरा नगर्न पौडेललाई देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुग्नु भएको छ ।

शनिबार राति ९ बजे प्रधानमन्त्री देउवा पौडेल निवास पुग्नुभएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो।

देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गर्नुभयो । ४५ मिनेट भएको कुराकानीमा देउवाले राष्ट्रका लागि रामचन्द्रको आवश्यकता रहेको बताए र राजनीतिबाट बाहिर हुने कुरा नगर्न पौडेललाई आग्रह गर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसको जारी महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिनुभएको पौडेललाई देउवाले राजनीतिबाट बाहिर हुने कुरा नगर्न र स्वास्थ्य राम्रो राखेर बस्न भन्नु भएको छ ।

पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त, आदर्श विपरित अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशन प्रक्रियाबाट बाहिरिएको प्रतिक्रिया दिनुभएको छ ।

देउवाले राष्ट्रका लागि तपाईको आवश्यकता छ। राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस र स्वास्थ्य राम्रो राखे बस्नुस भन्नू भयो। पौडेलले महाधिवेशनमा मेरो सिद्धान्त आदर्श विपरित अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नुभयो,’ स्वकीय सचिव अधिकारीले भन्नु भयो।

Back to top button