नेपाली कांग्रेसको १४ औं महाधिबेशन :  केन्द्रीय सदस्यमा २७ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं  । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले  उम्मेदवारी फिर्ता लिएका छन् ।

हिजो मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । यद्यपि उम्मेदवारी फिर्ता लिने समय भने डेढ घण्टा थप्दै १२: ३० बजेसम्म  पुर्याईएको छ ।

Back to top button