
काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भण्डारीसहितको तात्कालीन कार्य समितिलाई पुनर्वहालीको लागि आदेश दिएको हो ।
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो ।
सरकारको सो निर्णविरुद्ध भण्डारी अदालत गएपनि लामो समय अदालतमा हड्तालका कारण मुद्दाको सुनुवाई हुन समय लागेको हो । भण्डारीका पक्षमा अधिवक्ता रुद्र पोखरेललगायतले वहस गरेका थिए । सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।