संयुक्त पत्रकार सम्मेलन गर्दै शशांक र शेखर

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिनु भएका शेखर कोइराला र महामन्त्री शशांक कोइरालाले अहिले केहीबेरमा संयुक्त पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा कोइरालाद्वयले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । यसअघि उहाँहरू दुबै जना सभापतिका दाबेदार हुनुहुन्छ । तर शशांकले सभापतिमा उम्मेदवारी दिनुभएको छैन् । शेखरले भने प्यानलसहित उम्मेदवारी दर्ता गाराउनु भएको छ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न भोलि मतदान हुँदैछ। त्यसअघि कोइराला परिवारका दुई जनाले संयुक्त पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

कोइराला परिवारकी अर्की सदस्य सुजाता कोइराला भने अहिले प्रकाशमान सिंहको प्यानलबाट उपसभापति उम्मेदवार बन्नु भएको छ ।

Back to top button