दाङमा जीप दुर्घटना, तीनको मृत्यु

दाङ ।दाङमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिनुभयो ।

मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन। दाङ तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप आइतवार अपरान्ह साढे ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३,सिरखोलामा दुर्घटना भएको हो ।

जीप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जीपमा १३ जना यात्रु सवार रहेको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Back to top button