वरिष्ठ नेता पौडेल र महामन्त्री शशांकको साथ आफ्नो टीमलाई छ :शेखर

काठमाडौं । कांग्रेस सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला दुवैको साथ आफ्नो टीमलाई रहेको बताउनु भएको छ ।

पार्टीको भावी नेतृत्वका लागि मतदानको अघिल्लो दिन आज पत्रकार सम्मेलन गर्दै शेखरले यस्तो बताउनु भएको छ । रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्छ भने शशांक कोइराला हाम्रो महामन्त्री हुनुहुनछ । उहाँहरूसँग हामीले पटक–पटक भेटेका छौं । उहाँहरूको साथ मलाई मात्र होइन, हाम्रो समग्र टीमका लागि छ,कोइरालाले भन्नुभयो ।

उहाँले वर्तमान सरकार र गठबन्धन आगामी चुनावसम्मै रहने पनि बताउनु भयो ।

Back to top button