देउवा प्यानलमा शशांकको नाम

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिनुभएका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको छ ।

\शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उहाँ असन्तुष्ट बनिरेहका बेला देउवा प्यानलमा राखिनुलाई अर्थपुर्ण ढंगले हेरीएको छ । शेखर टीममा आफू निकट तीन जना नेताको नाम काटिएपछि शशांक शेखरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि जानु भएको थिएन ।

शेखरले उम्मेदवारी दर्ता गर्ने बेला पनि उहाँ जानु भएको थिएन । यद्यपि शशांकको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ ।

Back to top button