भाइको कुटाइबाट दाजुको मृत्यु

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–६ तल्लो पकनीमा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ।

गएराति ३३ वर्षीय नन्दरे मोक्तान र ३० वर्षीय सीताराम मोक्तानबीच सामान्य विवादमा कुटपिट भएको थियो। कुटपिटबाट नन्दरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

यस्तै घटनाको कारण नखुलेको र घटनामा संलग्न सीतारामलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

Back to top button