भारतको हरनाज कौर ‘मिस युनिभर्स २०२१’

काठमाडौं । भारतको हरनाथ कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल हुनुभएको छ । उहाँ ७० औं मिस युनिभर्स बन्नुभएको हो ।

आज बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उहाँलाई मिस युनिभर्स घोषित गरिएको हो ।

भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाको ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जित्नसफल हुनुभएको हो ।

Back to top button