
दाङ । दाङको तुल्सीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ४ जानाको मृत्यु भएको छ । त्यस्तै घाइते ११ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ।
तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ सिरखोला नजिक हिजो साँझ दुर्घटना भएको थियो।
सवारी चालक तुलसीपु–३ का ३२ वर्षीय हेमराज खत्रीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।