कांग्रेस महाधिवेशन : ढिलै भएनि मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । समितिले बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरे पनि प्राविधिक तयारी नपुगेका कारण मतदान सुरु हुन ढिलाइ भएको हो ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

अब १३२ पदका लागि मतदान हुनेछ । कांग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्छ ।

यस्तै निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ । कांग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ ।

यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

Back to top button