नेपाल एयरलाइन्सले सिमकोट/नेपालगञ्ज हवाई भाडा घटायो

काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले सिमकोट/नेपालगञ्जको हवाई भाडादर घटाएको छ। सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका जनताको लागि एयरलाइन्सले हवाई भाडादर घटाएको हो।

यस्तै नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलबहादुर सुनारले हिजोबाट लागू हुने गरी सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर घटाएको जानकारी दिनुभयो।

अब सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर पाँच हजार ९१५ रुपैयाँ कायम भएको छ। यसमा टिकटदर पाँच हजार ८१५ र एक सय एयरपोर्ट ट्याक्स रहेको छ।

यसअघि नेपाल एयरलाइन्सले ७ हजार २१० रुपैयाँ भाडा लिने गथ्र्यो। एयरलाइन्सले केही दिनअगाडि मात्र हुम्लामा हवाई उडान विस्तार गरेको थियो। अहिले यात्रुको सहजताका लागि भाडादरसमेत घटाएको हो।

हाल एयरलाइन्सले आइतबार, सोमबार, बिहीबार र शनिबार सहुलियत उडान भर्दै आएको छ। सिमकोटबाट नेपालगञ्जका लागि अन्य निजी एयरलाइन्सहरुले ६ हजारभन्दा बढी भाडादर लिने गरेका छन्।

नयाँ भाडादर लागू भएपछि नेपाल एयरलाइन्सका जहाज सिट क्षमताअनुसार यात्रु पाएको छ। नेपाल एइरलाइन्स नेपालगञ्जका निर्देशक किरणमान श्रेष्ठले नेपालगञ्जबाट पनि निजी एयरलाइन्सभन्दा सस्तोमा उडान भरिरहेको बताउनुभयो ।

निजीले ११ हजार भाडा लिँदा नेपाल एइरलाइन्सले ७ हजार ३१५ रुपैयाँ मात्र लिएको उहाँले जानकारी दिनुभयो ।

Back to top button