नेपाली सेनाको लघु चलचित्र प्रतियोगिता घोषणा

काठमाडौं । नेपाली सेनाले १० औं संस्करणको लघु चलचित्र प्रतियोगिता २०७८ घोषणा गरेको छ । सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि बढाउने रचनात्मक स्क्रिप्टलाई प्रतियोगितामा छनौट हुनेछन् ।

२०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको सेनाले प्रतियोगितामा सहभागीका लागि इच्छुक व्यक्ति तथा संघ–संस्थाले सेना सम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका कार्यहरु झल्किने विषय–वस्तुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फारम वितरण पुस १ गतेदेखि प्रतियोगिताको लागि १५ भित्र फारम बुझाइसक्नुपर्नेछ । पुस (१८–१९) अन्तरक्रिया कार्यक्रम र २ माघमा स्क्रिप्ट बुझ्ने कार्यक्रम रहेको नेपाली सेनाको जनाएको छ ।

Back to top button