पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस ५ गतेदेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले वि.सं. २०७८ सालमा सञ्चालन गर्ने पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस ५ गतेदेखि १० गतेसम्म हुने जनाएको छ ।

यस्तै बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सोद्धारा मान्यता प्राप्त संस्थाबाट स्वस्थ्य विज्ञान विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुका पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा सञ्चालन गर्न लागेको हो ।

बोर्डले यस परीक्षा केन्द्र गान्धी आदर्श माविमा तोकेको छ । बोर्डले आदर्श मा.वि, कागेश्वरी ९ मनहरा काठमाडौंमा परीक्षा केन्द्र तोकेको छ ।

Back to top button