
काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय राति ९ बजेसम्मका लागि थपिएको छ ।
सोमवार बिहान ८ बजेदेखि शुरू हुने भनिए पनि साढे ११ बजेपछि मात्रै मतदान शुरू भएको थियो ।
मतदान सकिएपछि लगत्तै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान हुँदैछ ।