एक दम्पतीलाई पोल्ने अल्लोले दिएको शीतल, मासिक ५ लाख सम्मको कारोबार

विराटनगर ।  मोरङको सुन्दर हरैचास्थित विराट चोकका एक दम्पतीलाई अल्लोले जीवन परिवर्तन गरिदिएको छ ।  विगत ९ वर्षदेखि अल्लोसँगै ढाकाको कपडा उत्पादन गर्दै आएका दम्पतीको उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पनि जाने गरेको छ ।
अल्लो र ढाकाबाट निर्मित कपडाको माग स्थानीय बजारदेखि विदेशबाट समेत आउन थालेपछि उहाँहरूलाई व्यस्त बन्ने गर्नु भएको छ । उहाँहरू  अल्लो र ढाकाका कपडाबाट कोट, ढाकाको साडी सल, मफलर, आउटर, पञ्चुु, कुर्ता, ब्याग, पर्स, झोला, चप्पल लगायतका सामग्री उत्पादन गरेर बजार सम्म पुर्‍याउनु हुन्छ ।
परम्परागत काठको तानमा हातले बुनिने अल्लो कपडाको माग स्वदेश र विदेशमा पनि बढ्न थालेपछि अहिले अल्लोको कपडा उत्पादन गर्ने उद्यमी दम्पतीलाई भ्याइनभ्याइ छ ।
पूर्वी पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभामा उत्पादित अल्लोको कच्चा पदार्थ ल्याएर दम्पतीले आफैँ नै उद्योगमा घरेलु तानमा अल्लो र ढाकाका कपडाबाट कोट, ढाकाको साडी सल, मफलर, आउटर, पञ्चुु, कुर्ता, ब्याग, पर्स, झोला, चप्पललगायतका सामग्री उत्पादन गर्दै आउनु भएको छ ।
लुमा घरेलु अल्लो कपडा उद्योगमा उत्पादित अल्लो र ढाकाबाट निर्माण कपडाका सामग्री नेपाली बजारदेखि हङकङ जर्मन, थाइल्यान्ड, र चीनसम्म पुग्ने गरेको छ । परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले बिस्तारै राम्रो बजार पाउन थालेको छ ।
परम्परागत अल्लोबाट बन्ने कपडाको महत्त्व, फाइदा र यसको संस्कृतिसमेत नबुझ्दा ओझेलमा पर्ने गरेको अल्लाको कपडाले अहिले विभिन्न महोत्सवमा समेत निकै बजार पाउन थालेको छ । पछिल्लो समय उहाँरूको उत्पादन बजारको कुनै अभाव छैन ।
यो दम्पतीले मासिक पाँच लाखसम्मको कारोबार गर्न थाल्नु भएको छ । उहाँहरूले आठ वटा तान र पाँच वटा सिलाई मेसिनको प्रयोग गरेर कपडा उत्पादन गर्दै आउनु भएको छ। उहाँहरूले  १६ जनालाई रोजगारीसमेत दिनु भएको छ ।  पहाडी तथा हिमाली जिल्लामा मात्रै परिचित अल्लोको कपडा तराईका जिल्लामा आएर व्यापार सुरु गर्दा धेरै समस्या भोग्नु परेको सीता अठपरिया बताउनु हुन्छ । ‘सुरु सुरुमा यो जुम्रिया कपडा भन्थे,’ सीताले भन्नुभयो, ‘अहिले यसको माग धान्न गारो भएको छ । पहिला उत्पादन मात्रै गर्थ्यौँ, पछि सिलाई बुनाइ पनि गर्न थाल्यौँ ।’
अशोक भन्नु हुन्छ , ‘छोरा मान्छेले सिलाई बुनाइ गर्नु हुँदैन भनेर कसैले सिकाएनन्, भारतसम्म जाँदा पनि सिक्न नपाएपछि आफैँले मेहनत गरेर सिकेँ ।’ उहाँले आफैँले कपडाको डिजाइनसमेत निकाल्ने  गर्नु भएको छ ।  विवाह व्रतबन्धको समयमा ता तीन घण्टा मात्र सुत्ने गरेको उहाँको भनाइ रहेको छ ।
हाते तानमा अल्लोका रुमाल, कुर्ता–सुरुवाल, साडी, चोली, मजेत्रो कोट टोपी, पर्स, ब्याग, थैली, जुत्ता लगायत एक दर्जन भन्दा धरै प्रकारका समाग्रिहरु उहाँहरूले  उत्पादन गर्ने गर्नु भएको छ ।  स्थानीय सीप र कच्चा पदार्थ प्रयोगबाट उत्पादित अल्लो कपडाको माग तेस्रो मुलुकबाट आएपछि दम्पती झनै उत्साहित हुनुभएको छ । उहाँहरू आफ्नो उत्पादनलाई ब्रान्ड गर्ने तयारी समेत जुट्नु भएको छ ।
उहाँहरूले १० लाख रुपैयाँ सुरु गरेको ब्याबसाय १ करोडको हाराहारीमामा पुगेको छ । महोत्सव तथा मेलाहरूमा धेरैको रोजाई पर्ने गरेको अल्लोको माग चीनमा बढी भए पनि पठाउन नसकिएको अशोक बताउनुहुन्छ । । चिना एउटा कार्यक्रममा जाने अवसर पाए पनि कोरोनाका कारण जान नसकिएको उहाँले बताउनु भयो ।
आधुनिक खालका उपकरणहरू नहुँदा उत्पादनमा भने समस्या भएको सिताको भनाइरहेको छ ।  आधुनिक उपकरण नुहुँदा श्रमिकलाई सोचे जस्तो ज्याला दिन नसकिएको उहाँ बताउनु हुन्छ । सीता भन्नुहुन्छ, ‘हाम्रो उद्योगमा १० हजारदेखि मासिक ७५ हजारसम्म कमाउने गरेका छन् ।’ वैदेशिक रोजगारीमा जाने युवा हरुकालागि उहाँहरू प्रेरणाको स्रोत बन्नु भएको छ ।

Back to top button