कांग्रेस सभापतिको मतगणना अपडेट: २१०० मत गन्दा देउवा अगाडि पच्छाउँदै कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको २१०० मतगणना गरिएको छ ।

सभापति पदमा २१०० मतगणना हुँदा शेरबहादुर देउवाले ९९१, शेखर कोइरालाले ७६२, प्रकाशमान सिंहले १७४, विमलेन्द्र निधिले १२७ र कल्याण गुरुङले ७ मत पाउनु भएको छ । कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

Back to top button