फोनिज मोरङमा लिम्बू

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मोरङ अध्यक्षमा पुनः दिनेश लिम्बू चयन हुनुभएको छ। सोमबार सकिएको पाचौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि लिम्बू निर्बिरोध चयन हुनुभएको हो ।

अधिवेशनले लिम्बूको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध चयनगरेको छ। समितिको उपाध्यक्षमा अशोक गुरुङ, सचिव अनिल श्रेष्ठ, सह–सचिव वविता साम्पाङ राई, कोषाध्यक्षमा राजकुमारी तामाङ चयन हुनुभएको हो ।

सदस्यहरुमा सुरन्जन लिम्बू, सुमन कुरुङ्बाङ, बिध्यानन्द चौधरी, सृजना धिमाल, सङ्गीता राई, सम्झना राई, राजेश राजवंशी र शिबहाङ राई चयन हुनुभएको छ । अधिवेशनले ३ जना केन्द्रिय र ६ जना प्रदेश प्रतिनिधि चयन गरेको छ ।

केन्द्रिय प्रतिनिधिहरुमा भक्तशेर लिम्बू, सुजता लिम्बू र फिपराज बेघा चयन हुनुभएको हो । । प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सन्दिप राई,अंकित धिमाल, बाबुराम मुडीयाडी,सन्तोष राई,बबिता लिम्बू र ऋषि राई चयन हुनुभएको छ ।

Back to top button