पौडेलको चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाको उपस्थिति

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गर्नुभएको चियापान कार्यक्रममा उपस्थित हुनुभएको छ ।

नेता पौडेलले आज बिहान पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूका लागि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा लैनचौरस्थित ब्यान्क्वेटमा पुग्नुभएको थियो ।

आज बिहान सम्पन्न मतगणना अनुसार प्रधानमन्त्री देउवा कांग्रेस सभापतिमा पुनः निर्वाचित हुन ८२ मतले चुक्नुभयो । कसैले पनि बहुमत ल्याउन नसकेपछि कांग्रेस नेतृत्वका लागि आजै अपरान्ह बजे पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ।

त्यस्तै उक्त मतदानमा बहुमत ल्याउन यतिबेला प्रधानमन्त्री देउवा दौडधूप गरिरहनुभएको छ ।

Back to top button