व्यवसायीसँग बार्गेनिङ गरेकोमा सीआईबीका सई पक्राउ

काठमाडौं। व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना पक्राउ पर्नुभएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीकहाँ पुगेको थियो ।

‘उजुरीका आधारमा छानविन गर्दा संलग्नता देखिएपछि पक्राउ गरेका हौं’ उहाँले भन्नुभयो, ‘अपराधिक लाभ सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

यस्तै स्रोतका अनुसार पीडितले आफूलाई निजामतीतर्फको अनुसन्धान अधिकृत बताउने अर्का एक व्यक्तिले पनि आफूसँग बार्गेनिङ गरेको उहाँले बताउनुभएको छ । तर उनको परिचय खुलेको छैन ।

ढुंगानाले ती व्यवसायीसँग आफू विभागमा कार्यरत प्रहरी निरीक्षक भएको परिचय दिनुभएको थियो । उनीहरुले व्यवसायीलाई २० लाख रुपैयाँ मागेको स्रोतको भनाइ छ ।

Back to top button