संसदको गतिरोध हटाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । साथै उसले सर्वदलीय–सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ ।

यस्तै आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो । त्यस बैठकले संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको माओवादीका एक सांसदले बताउनुभएको हो ।

Back to top button