एमालेले संसद अवरोधलाई निरन्तरता दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएको छ ।

संसदको हिउँदे अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संसदमा विरोध प्रदर्शन जारी राख्ने बताउनुभएको छ ।

सांसद निरु पालले अवरोध कायम राख्ने जानकारी अध्यक्षले जानकारी गराउनुभएको बताउनुभयो । ‘सभामुखले षड्यन्त्र गर्दै जाने, हामी मान्दै जाने हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै पालले भन्नुभयो,‘ ‘सरकार संसदमा आएको गतिरोधका विषयमा कुरा गर्दैन ।

प्रतिपक्ष लतारिएर जाँदैन ।’ नयाँ दल एकीकृत समाजवादी अवैध भएको र त्यसमा सभामुख अग्नि सापकोटाले सघाएको भन्दै एमालेले संसद निरन्तर अवरोध गर्दै आइरहेको छ ।

Back to top button