साढे ३ बजेदेखि कांग्रेस सभापतिको लागि दास्रो चरणको मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न साढे तीन बजेदेखि साढे सात बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा मतदान हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । दोस्रो चरणमा शेरबहादुर देउवा र डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।

देउवालाई तेस्रो स्थानमा आएका सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले सघाउने हुनुभएको छ । कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्। पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो ।

मतदान सकिएको केही घण्टामै मतगणना शुरू गर्ने र आजै नतिजा आइसक्ने संयोजक घिमिरेले बताउनुभयो ।

Back to top button