प्रतिनिधिलाई अन्तरमनको कुरा सुन्न शेखर कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले प्रतिनिधिहरुलाई अन्तरमनको कुरा सुन्न आग्रह गर्नुभएको छ ।

पहिलो चरणमा कसैको पनि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुनै लाग्दा कोइरालाले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले आफू मैदान छाडेर नहिड्ने भन्दै प्रतिनिधिहरुलाई नेतृत्व परिवर्तन र रुपान्तरणको एजेण्डालाई कमजोर बन्न नदिन समेत आग्रह गर्नुभएको छ ।

आज संस्थापन ईतरसमूहको नक्सालमा सम्पन्न बैठकमा उहाँले चुनावी प्रतिष्पर्धाको सामना गर्ने बताउनुभएको हो ।

Back to top button