‘स्पाईडर मेन–नो वे होम’ को विराटनगरमा शुक्रवार देखी  बिशेष स्क्रिनिङ हुने

विराटनगर ।  एप्पल इन्टरटेनमेन्टले मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को विराटनगरमा  बिशेष स्क्रिनिङ गर्ने भएको छ ।

एप्पल इन्टरटेनमेन्टले आउँदो शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङ गर्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै एप्पल इन्टरटेनमेन्टले चलचित्रको बिशेष स्क्रिनिङ बारे जानकारी दिएको छ ।

शुक्रबार देखि आईतबार सम्म ३००, सोमबार देखी बिहीबार सम्म २५० तथा मंगलबार र बुधबार १५० का दरले टिकट बिक्री गरीने आयोजकले जनाएको छ ।

‘स्पाईडर मेन– नो वे होम’ भने मार्भेल स्टुडियोजको ‘एभेन्जर्स–इन्ड गेम’ पश्चातको बहुप्रतिक्षित चलचित्र हो ।

Back to top button