बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको सकियो शपथग्रहण

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले सपथग्रहण गर्नु भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज ६ जना मन्त्री थप्नु भएको थियो ।

नेकपा माओवादीबाट रत्न ढकाल (युवा तथा खेलकुदमन्त्री), जीवन खड्का ( वन तथा वातावरणमन्त्री) र घनश्याम दाहाल (श्रम, रोजगार तथा यातायातमन्त्री) नियुत्त हुनु भएको हो ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्रीसहित ३ जना मन्त्री हुनु भएको छ । एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाई (कृषि तथा पशुपक्षीमन्त्री), वसन्त मानन्धर (खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री) र इन्द्रमाया गुरुङ (कृषि राज्यमन्त्री) नियुक्त हुनु भएको हो ।

Back to top button