कांग्रेस सभापतिमा देउवा विजयी,कोइरालाको मत दोस्रो चरणको निर्वाचनमा बढ्यो

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ । बुधवार बिहान साढे २ बजे सार्वजनिक भएको मतगणनाको नतिजामा डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी हुनु भएको हो । कुल ४ हजार ६ सय २३ मत खसेकोमा देउवाले २ हजार ७३३ र कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नु भएको थियो । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सोमवारको मतदानमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नु भएको थियो। कोइरालाले १ हजार ७ सय ३ मत प्राप्त गर्नु भएको थियो । सोमवार भने ४ हजार ६८१ मत खसेको थियो ।

 पहिलो चरणको मतदानमा स्पष्ट बहुमत आउन नसकेपछि हिजो दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा सभापतिको प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गर्नु भएको थियो ।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर देउवा सभापतिमा विजयी हुनभएको थियो ।

सभापतिको नजिता आएपछि अब सबैको ध्यान कांग्रेसका अन्य पदाधिकारीतर्फ गएको छ ।पदाकिरीको मत पनि आजै मतगण्ना गर्ने निर्वाचन समितिले जनाएको छ ।

Back to top button