कांग्रेस पदाधिकारीको मतगणनाआज दिउँसोबाट सुरू गरिने

काठमाडौं । नेपाली कांग्रेसमा सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै दिउँसोबाट सुरू हुने भएको छ।
दाधिकारीको मतगणना दिउँसोबाट सुरू गरीने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। यसको मतपेटिका चुनावकै दिन सोमबार राति पार्टी कार्यालयमा लगेर राखिएका छन्।

आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार सबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको छ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो।

कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए। एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

मंसिर २४ गते भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो।

मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो।

Back to top button