देउवालाई माधव नेपालको बधाई

विराटनगर । नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई तथा शुभकामना व्याप्त गर्नु भएको छ ।
आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष नेपालले बधाई दिनुभएको हो ।
अध्यक्ष नेपालले ट्विटरमा लेख्नुभएको छ ।, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

Back to top button