पुरानो भवनलाई बनाइयो सरकारी निवास

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सरकारी कार्यालयलाई निवास बनाउनुभएको छ । निजि घर भाडामा लिने परम्परालाई हटाउदैँ मुख्यमन्त्री राईले सरकारी भवनलाई मुख्यमन्त्रीको निवास बनाउनुभएको हो ।

सुनसरी मोरङ सिँचाई आयोजनाको भवनलाई मुख्यमन्त्रीको सरकारी निवास बनाएर उहाँ आज देखी सर्नुभएको छ । प्रदेश १ का पुर्व मुख्यमन्त्री शेरधन राईका लागि भने घर भाडान लिएको थियो ।

भाडामा लिएर बनाइएको मुख्यमन्त्रीको सरकारी निवासलाई शेरधनले नछाडेपछि निर्वतमान मुख्यमन्त्री भीम प्रसाद आचार्य राष्ट्र बैक विराटनगरको गेष्ट हाउसमा बस्नुभएको थियो । ६८ दिन प्रदेशको वागडोर समाल्नुभएको आचार्य त्यहि बाट बिदा हुनुभएको थियो ।

शेरधनका लागि लिएको मुख्यमन्त्री निवासका लागि मासिक ६० हजार भाडा तिर्ने गरीएको थियो । २०७५ बैशाख देखी २०७८ भदौ १० सम्म राई बस्नुभएको थियो ।

उहाँले त्यस अवधिमा १६ लाख ८० हजार रुपैया घरभाडा बापत बुझाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । कार्तिक १६ गते तेस्रो मुख्यमन्त्री बन्नुभएका राजेन्द्र राई पनि राष्ट्र बैंककै गेष्ट हाउसमा बस्दै आउनुभएको थियो ।

आचार्यले राष्ट्र बैंकको गेष्ट हाउस नछाडेपछि उहाँले विराटनगरको एक होटलमा दुई रात बिताउनुभएको थियो । यसअघि उत्त भवनमा पुर्व प्रदेश प्रमुख गोविन्द तुम्हाङ निवर्तमान प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासि) समेत बस्नुभएको थियो ।

प्यासिले भने प्रदेश प्रमुखको सरकारी निवास उयुत्त स्थानमा नभएको तथा बसाइ समेत सहज नभएको भन्दै उहाँ सर्नुभएको थियो । त्यसपछि तत्कालिन सामाजिक बिकास मन्त्री उसाकला राई पनि त्यस भवनमा बस्नुभएको थियो ।

पानी चुहिने र पुरानो भवन भएको भन्दै उहाँले क्वाटर सार्नका लागि पटक पटक बलसमेत गर्नुभएको थियो । उत्त भवनमै ट्रष्ट हालेर उहाँ आफ्नो कार्यकालमा सोहि भवनमा बस्नुभएको थियो ।

काठमाडौैं समपर्क कार्यालयको भवनमा राखिएका फर्निचरहरु ल्याएर सरकारी निवासमा राखिएको मुख्यमन्त्री राईले बताउनुभयो । मुख्यमन्त्री सडकमा बस्नु नपरोस भनेर पुरानो सरकारी भवनलाइनै निवास बनाएको बताउनुभएको छ ।

उहाँले सबै मन्त्रीहरुका लागि सरकारी कार्यालयमै निवास बनाउने समेत बताउनुभयो । उहाँले खर्च कटौती गर्ने उदेश्यले सरकारी निवसमा प्रवेश गरेको उहाँको भनाइरहेको छ ।

Back to top button