जनकपुरमा बसबाट ओर्लने क्रममा किचिएर एकको मृत्यु

जनकपुरधाम । जनकपुरमा बसाबाट ओर्लिने क्रममा त्यही बसले किच्दा एकजनाको मृत्यु भएको छ ।

जनकपुरधामस्थित नयाँ बसपार्कमा आज बिहान बसले किच्दा अन्दाजी ६० वर्षकी महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

ना ३ ख २६१० नम्बरको बस महोत्तरीको जलेश्वरबाट जनकपुरधाम तर्फ आएको हो । बसपार्कमा छिर्न लागेका बेला बसबाट ओर्लेकी महिला अगाडि आएकोले चालकले नदेख्दा दुर्घटना भएको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो ।

मृतक महिलाको नाम र ठेगाना खुल्न सकेको छैन्। ठक्कर दिने बसका चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धीका ३३ वर्षीय मो. फिरोज नदाफ लाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Back to top button