कांग्रेसको १४ औं महाधिवेशनः आज उपसभापतिको मात्र मतगणना हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापति पदको मात्र मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।

उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उहाँले बताउनुभयो । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।

गएराति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २ हजार ७ सय ३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ८ सय ५५ मत ल्याउनुभएको छ ।

Back to top button