पार्टी भित्र अहिलेकै जस्तो बेथिति रहे चुप लागेर बस्दिन :शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका प्रत्यासी डाक्टर शेखर कोइरालाले पार्टी भित्रअहिलेकै जस्तो बेथिति रहे चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।

उहाँले आफूहरु भागवण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताउनु भएको छ । आफ्ना मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा कोइरालाले अब पनि अहिलेकै जसरी पार्टी चल्यो भने सशक्त रुपमा प्रस्तुत हुने समेत बताउनु भएको छ ।

पार्टीमा आफूहरुले युवा पुस्ताका लागि अवसरै अवसर खोलिदिएको भन्दै कोइरालाले अब गाउँघरमा बस्दा नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्ने अवस्था पैदा भएको दाबी गर्नु भयो ।

उहाँले यो महाधिवेशनपछि आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भएको पनि बताउनु भयो । आज विहान सम्पन्न मतगणनामा कोइराला शेरबहादुर देउवासँग ८ सय ७८ मतान्तरले पराजित हुनुभएको थियो ।

Back to top button